(१) यस ऐन बमोजिम लाग्ने कर र जरिवानाको रकम दफा ७ को खण्ड (ग) मा तोकिएको म्यादभित्र दाखिल नगरेमा कर अधिकृतले कर लागेको सवारी साधन रोक्का गरी उक्त सवारी साधन लिलाम बिक्री गरी सो रकम असुल उपर गरिनेछ ।
(२) उपदफा (१) बमोजिम लिलाम बिक्री गर्दा पनि सबै रकम उपर हुन नसकेमा बाँकी रकम नेपाल सरकारले तोकेको अधिकारी वा कार्यालयबाट प्रचलित नेपाल कानूनको कार्यप्रणाली बमोजिम त्यस्तो करदाताको जायजात गरी असुल उपर गरिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कारवाई गरी असूल गर्दा असूल गर्नु पर्ने रकम भन्दा बढी रकम असुल हुन आएमा बढी भएजति रकम धरौटीमा आम्दानी बाँधिनेछ र यस्तो धरौटी रकम धरौटीमा रहेको दुई वर्षभित्र सम्बन्धित करदाताले भुक्तानी लिन सक्नेछ । सो म्यादभित्र भुक्तानी लिन नआएमा त्यस्तो धरौटी रकम नेपाल सरकार लाग्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम लिलाम वा जायजातको कारवाई शुरु हुनु भन्दा अगावै करदाताले आफूलाई लाग्ने ठहरेको कर र जरिवानाको रकम बुझाउन ल्याएमा सो रकमको दश प्रतिशतका दरले थप जरिवाना समेत लगाई असुल गर्न सकिनेछ ।